सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक



काठमाडौं । सरकारले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले अहिले सिंहदरवारबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा साझा कार्यक्रम मस्यौदा कार्यदलका सदस्य तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष हस्तान्तरण गरेका हुन् ।

मस्यौदा कार्यदलमा नेपाली कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ र नेकपा (एस) बाट डा. विजय पौडेल सदस्य रहेका थिए । उनीहरुले मस्यौदा तयार गरी सत्ता गठबन्धन दलको बैठकमा प्रस्तुत गरेपछि आज विहान बसेको बैठकले पारित गरेको थियो ।