साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज : प्रधानमन्त्री

साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको बताएका छन् ।

बिहीबार सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा बनेको र अघिल्लो गठबन्धनले बनाएको न्यूनमत साझा कार्यक्रमका राम्रा विषयलाई विकसित र परिर्माजित गरेर यो पटक ल्याएको बताए । उनले अघि भने, ‘यो राष्ट्रिय सहमतिको साझा न्यूनमत कार्यक्रम हो ।’

कार्यक्रमको ड्राफ्ट पढेर बुद्धिजीवी र केही नेताहरूले समेत प्रशंसा गरेको भन्दै यसको कार्यान्वयन अहिलेको अवाश्यकता भएको बताए । साथै उनले अन्तर्यमा हेर्दा साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको जानकारी दिए ।

“यो विकसित र परिमार्जन भएर आएको छ । १० दलको दिमाग मात्र होइन अघिल्लो सरकारमा भएका पार्टीका नेताहरूको पनि यसमा दिमाग छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अन्त्यमा गएर हेर्दा यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्याक्रम हो । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकार राजनीतिक दल र कर्मचारीहरूको पनि हो ।”

उनले जनताले वर्तमान गठबन्धन र सरकारबाट जनताले धेरै अपेक्षा राखेको बताए ।