ट्विटरको लोगोमा फेरि पनि निलो चरो

ट्विटरको लोगोमा फेरि पनि निलो चरो



काठमाडौं । सामाजिक सञ्जाल ट्विटरको लोगोमा फेरि पनि निलो चरो देखिएको छ । गत सोमबार ट्विटरको लोगोमा चराको साटो एउटा कुकुर देखिएको थियो । आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन ।

ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए । मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी- डोजक्वाइनको लोगोलाई ट्विटरमा राखेका थिए ।

शुक्रबार भने ट्विटरमा पुरानै लोगोमा रहेको निलो चरो देखिएको छ । यसबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन । ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन् । अरू प्रयोगकर्ताको नाम भएको ठाउँमा यस्तो चरो आउँदैन ।