नेता सुरेन्द्र चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी

नेता सुरेन्द्र चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका राजनीतिक संवाद समितिका संयोजक सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् ।

पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले वैशाखको पहिलो हप्तादेखि नयाँ राजनीतिक दलका लागि मेचीकाली अभियानमा लाग्नेसमेत बताए । उनले भने, ‘नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियानताहरुसँग छलफलको लागि मेची महाकाली यात्रामा हुन्छौं ।’

उनले नागरिक समाजवादी पार्टी चाँडै निर्वाचन आयोगमा दर्ता गर्ने पनि बताए । उत्तरदायी, समावेशी, सहभागितामूलक लोकतन्त्रको लक्ष्य र ध्येयको लागि भन्दै उनले नयाँ शीराबाट राजनीतिक यात्राको थालनी गर्ने बताएका छन् ।