थप ५५ जनामा कोरोना संक्रमण

थप ५५ जनामा कोरोना संक्रमण



काठमाडौं । गत २४ घण्टामा देशभर ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २१६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५० जना र एन्टीजेन विधिबाट ५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै पीसीआरबाट सङ्क्रमण पुष्टि भएका सक्रिय संक्रमितको संख्या ३ सय ९६ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ११ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, सो अवधिमा २७ हजार ९७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।