देउवा प्रतिपक्ष दलको नेता बन्न नमिल्नेसम्बन्धी रिट खारेज

देउवा प्रतिपक्ष दलको नेता बन्न नमिल्नेसम्बन्धी रिट खारेज



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दलको नेता हुन नमिल्ने भन्दै दायर गरिएको रिट खारेज भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजलासले रिट खारेज गरेको हो ।

गएको माघ २५ गते अधिवक्ता विमलप्रसाद पोखरेलले सर्वोच्चमा उक्त रिट दायर गरेका थिए । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिएको भन्दै देउवा प्रतिपक्ष दलको नेता हुन अयोग्य रहेको जिकिर रिटमा गरिएको थियो ।

हाल रिटमा उल्लेख भएअनुसारको अवस्था छैन । अहिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिपक्ष दलका नेता छन् ।