माओवादी संसदीय दलको बैठक सिंहदरबारमा सुरु

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा सुरु



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ ।

नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन । त्यस्तै आजको बैठक संसदीय समिति गठनको बारेमा पनि छलफल हुने बताइएको छ ।