रवि लामिछानेले विवादास्पद अडिओका विषयमा ढाकाकुमार श्रेष्ठसँग छलफल गरे

रवि लामिछानेले विवादास्पद अडिओका विषयमा ढाकाकुमार श्रेष्ठसँग छलफल गरे



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसद ढाकाप्रसाद श्रेष्ठसँग विवादास्पद अडिओका विषयमा छलफल गरेका छन् । 

मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको छ । जसलाई श्रेष्ठले इन्कार गरेका छन् । 

सोही विषयमा रास्वपाको अनुशासन तथा आचरण समितिले अध्ययन गरेर सभापति लामिछानेलाई मंगलबार बुझाइसकेको छ । यसबारे निर्णय लिन बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापति लामिछानेले श्रेष्ठसँग छलफल गरेका हुन् । 

सभापति रवि लामिछाने र उपसभापति डोरप्रसाद अर्यालले सांसद डा. श्रेष्ठसँग छलफल गरेका हुन् । आफूलाई कारबाही गरिए कोर टिमबारे सार्वजनिक गर्ने सांसद श्रेष्ठले चेतावनी दिएको भन्दै समाचार आइरहेका छन् ।