एकीकृत समाजवादीबाट नन्दा चपाई बनिन् राज्यमन्त्री

एकीकृत समाजवादीबाट नन्दा चपाई बनिन् राज्यमन्त्री



काठमाडौं । दुई मन्त्रीसहित सरकारमा रहेको दल नेकपा (एकीकृत समाजवादी) ले थप एक राज्यमन्त्री पाएको छ ।

एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी हुन् ।

उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार र बेदुराम भुसाल कृषिमन्त्री छन् ।

आजै नेपाली कांग्रेसका नेता एनपी साउदले परराष्ट्रमन्त्रीको शपथ लिएका छन् ।