प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको विषय उठोस् : विनोद चौधरी

प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको विषय उठोस् : विनोद चौधरी



काठमाडौं । प्रतिनिधिसभा सदस्य विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुवानमा परेको बताए ।

सांसद चौधरीले भने, ‘भारत र नेपालका बीचमा ५० वर्ष पुराना जीर्ण भएका संरचनाहरु पुननिर्माण गर्ने बारेमा कुनै दुविधा छैन, एग्रिमेन्टहरु पटक पटक तयार पारिन्छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस् र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस् ।’

सांसद चौधरीले सुस्ताको मात्र नभई कोशीको समस्या पनि समाधान गर्नुपर्ने बताएका छन् ।