नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ८७ करोडमा सीमित

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ८७ करोडमा सीमित



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ०.१६ प्रतिशतले घटेको छ । नेप्से ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा झरेको छ ।

यस दिन २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर ८७ करोड चार लाख ४८ हजार १५१ रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर ३६२.०४ को विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

१३ उपसमूहमध्ये तीनवटाको समूहगत सूचक उकालो लागेको छ । होटेल तथा पर्यटनको समूहगत सूचक सर्वाधिक १.१७ प्रतिशतले बढेको छ । म्युचअल फन्डको ०.५६ प्रतिशत र निर्जीवन बिमा समूहको सूचक ०.०६ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन समूहको समूहगत सूचक सर्वाधिक १.१२ प्रतिशतले घटेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.०५ प्रतिशतले घटेर प्रतिकित्ता ९८१ रुपैयाँ कायम भएको छ ।