उपनिर्वाचन : यी परिचयपत्रबाट पाइन्छ भोट हाल्न

उपनिर्वाचन : यी परिचयपत्रबाट पाइन्छ भोट हाल्न



काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र नभए अन्य परिचयपत्रबाट मतदान गर्न पाउने निर्णय गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाताको अन्तिम नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपपुर्जा, सवारी अनुमति पत्रबाट मतदान गर्न पाइन्छ ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।