उपनिर्वाचन : बिहीबार राति १२ बजेबाट प्रचार गर्न नपाइने

उपनिर्वाचन : बिहीबार राति १२ बजेबाट प्रचार गर्न नपाइने



काठमाडौं । उपनिर्वाचनको मौन अवधि बिहीबार (भोलि) राति १२ बजेबाट सुरु हुने भएको छ । बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएकाे छ ।

उपनिर्वाचनको प्रचारप्रसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि मौन अवधि भएकाेले प्रचार गर्न नपाइने आयोगले बताएकाे छ ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदै छ ।