तनहुँ–१ मा ३५ हजार मतगणना हुँदा सात हजार ६ सय मतले वाग्ले अगाडि

तनहुँ–१ मा ३५ हजार मतगणना हुँदा सात हजार ६ सय मतले वाग्ले अगाडि



काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा ४२ मध्ये २४ वडाको मतगणना सम्पन्न भएको छ ।

हालसम्म ३५ हजार तीन मतगणना हुँदा रास्वपा उमेदवार डा. स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत पाएका छन् । प्राप्त परिणामअनुसार वाम लोकतान्त्रिक गठबन्धनको सहयोगमा कांग्रेस उमेदवार गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् ।

उनी वाग्लेभन्दा सात हजार ६७४ मतले पछाडि छन् । तेस्रो स्थानमा रहेका एमालेका सवेन्द्र खनालले भने पाँच हजार ८६६ मत पाएका छन् ।