रविले दुई हजार मत कटाउँदा न्यौपाने र श्रेष्ठले एक हजार कटाए

रविले दुई हजार मत कटाउँदा न्यौपाने र श्रेष्ठले एक हजार कटाए



काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । अहिले इच्छाकामना गाउँपालिकाको मतगणना भइरहेको हो ।

पछिल्लो परिणामअनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाइरहेका छन् । उनले हालसम्म दुई हजार ३३२ मत पाएका छन् ।

यहाँ दोस्रोमा नेकपा (एमाले) छ । उमेदवार रामप्रसाद न्यौपानेले एक हजार ४२७ मत र गठबन्धनबाट कांग्रेस उमेदवार जितनारायण श्रेष्ठले एक हजार ३१ मत पाएका छन् । हालसम्म १, २ र ३ नम्बर वडाको मतगणना सम्पन्न भएको हो ।