बारा–२ मा पुनः ८९ मतले उपेन्द्रकाे अग्रता

बारा–२ मा पुनः ८९ मतले उपेन्द्रकाे अग्रता



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पुनः अग्रता बनाएका छन् ।

बारा–२ मा जारी मतगणना अनुसार यादवले एक हजार ३९० मत पाएका छन् ।

दोस्रोमा जनमत पार्र्टीका शिवचन्द्र प्रसाद कुशवाह छन् । उनले एक हजार ३०१ मत पाएका छन् । पछिल्लो परिणामअनुसार नेकपा (एमाले) तेस्रो स्थानमा छ ।

एमाले उमेदवार पुरुषोत्तम पौडेलले ६२९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका कुशवाहा केही बेर अघिसम्म अग्रता बनाएका थिए ।