बारा–२ मा उपेन्द्रकाे अग्रता कायमै

बारा–२ मा उपेन्द्रकाे अग्रता कायमै



काठमाडौं । बारा–२ मा मतगणना जारी छ । पछिल्लो परिणामअनुसार गठबन्धनका उमेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

यादवले हालसम्म १ हजार ८६२ मत पाएका छन् । यस्तै दोस्रोमा जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाह छन् । उनले १ हजार ६६३ मत पाएका छन् ।

यता, तेस्रो स्थानमा एमाले उमेदवार छन् । नेकपा (एमाले) उमेदवार पुरूषोत्तम पौडेलले ७२३ मत पाएका छन् ।