चितवन–२ : रविको अग्रता कायमै

चितवन–२ : रविको अग्रता कायमै



चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणना अन्तर्गत हाल इच्छाकामना गाउँपालिकाको मतगणना जारी छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार रास्वपाका रवि लामिछानेले अग्रता कायम राखेका छन् ।

परिणामअनुसार घण्टी चुनाव चिह्नमा रवि लामिछानेले चार हजार ३५८ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानका एमाले उमेदवार रामप्रसाद न्यौपाने भन्दा एक हजार ७७३ मतले अघि छन् । न्यौपानेले दुई हजार ५८५ मत प्राप्त गरेका छन् ।

तेस्रोमा रहेकाे नेपाली कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठले दुई हजार २०५ मत प्राप्त गरेका छन् ।