ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त

ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त



काठमाडौं । ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा सुनाउने तय भएको छ ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेकाे सभामुख घिमिरेको सचिवालयले जानकारी दिएकाे छ ।