उपेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै शिवचन्द्र

उपेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै शिवचन्द्र



बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर निरन्तर घटाउँदै लगेका छन् ।

यादवले २१ हजार ४४६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले १८ हजार ६८३ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर २ हजार ७६३ छ । मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेल भने धेरै पछि परेका छन् । उनको ६ हजार २७६ हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलको दुई हजार ५५६ मत छ । आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार २८९ मत पाएका छन् ।