दोहोरो अङ्कले घट्याे शेयर बजार

दोहोरो अङ्कले घट्याे शेयर बजार



काठमाडौं । शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ विन्दुमा झरेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । आज २ सय ६४ वटा कम्पनीका २५ लाख ७१ हजार कित्ता शेयर ८४ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज जनउत्थान सामुदायिक लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।