गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त



पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको सहयोगमा पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद चाहिन्थ्यो।

नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ भने शुक्रबार हुने भएको छ ।

नेकपा एमाले संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले गत शनिबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनको पद गएको थियो ।