पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चलखेल नगर्न ओलीको चेतावनी

पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चलखेल नगर्न ओलीको चेतावनी



इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिएका छन् । झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन् भनेर ट्वीट गरेको उनको दाबी छ ।

इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’

ओलीले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको बताएका छन् ।

एमाले सहनशील भएर धेरै हिसाब नगरेको भन्दै ओलीले भने, ‘हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ।’

दुर्गा प्रसाईंतर्फ संकेत गर्दै ओलीले ट्याउट्याउ गर्दै कुद्ने एकदुई जना मान्छे भेटाएको भरमा पखेटा पलाउनु ठीक नहुने चेतावनी दिए ।