कांग्रेसका नेता भण्डारी फर्किए स्वदेश

कांग्रेसका नेता भण्डारी फर्किए स्वदेश



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् ।

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गराएर उनी आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

अब उनको बाँकी उपचार र हेरचाह नेपालमै हुनेछ ।

गएको फागुन ३ गते बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास ‘लिक’ भई आगलागी भएको थियो । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए ।

हरिकलाको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । भण्डारीलाई थप उपचारका लागि फागुन ४ मै मुम्बई लगिएको थियो ।