कांग्रेस–एमाले मिल्ने सम्भावना छैन : कांग्रेस नेता कार्की

कांग्रेस–एमाले मिल्ने सम्भावना छैन : कांग्रेस नेता कार्की



विराटनगर । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेस-एमाले मिलेर सरकार बनाउने सम्भावना नरहेको बताएका छन् । उनले अहिलेकै गठबन्धन पाँच वर्षसम्म जाने बताए ।

सुनसरी इनरुवा नगरपालिका- ४ को हनुमान चोकदेखि सीमावर्ती देवानगञ्ज गाउँपालिकासम्म जोड्ने सडकको शिलान्यास गर्दै उनले एमाले र कांग्रेस मिल्ने सम्भावना नरहेको बताएका हुन् ।

उनले नेपालमा अस्थिरता मच्चाउने शक्ति सक्रिय रहेको दाबी गरे । ‘वर्तमान सरकार ढल्छ भन्ने हल्ला चलाइएको छ, म तपाईँहरूलाई ढुक्कका साथ भन्छु आउने पाँचै वर्ष गठबन्धनको सरकार टिक्छ’, उनले भने,‘ ‘एमाले पाँचै वर्ष प्रतिपक्षी हुन्छ ।’