पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि अदालत लगियो

पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि अदालत लगियो



काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको आरोपमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

गृहसचिव रहेको समयमा नक्कली शरणार्थी बनाई अमेरिका पठाउन सघाएको आरोपमा उनी बुधवार दिउँसो पक्राउ परेका थिए ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राइ हिजो (मंगलवार) पक्राउ परेका थिए । पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।