राष्ट्रपतिद्वारा तीन मन्त्री नियुक्त

राष्ट्रपतिद्वारा तीन मन्त्री नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।

मन्त्री बनेका तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन ।

यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले भने पूर्णता अझै पाउन सकेको छैन ।

मन्त्री नियुक्तिसम्बन्धी राष्ट्रपति कार्यालयको विज्ञप्ति