सरकारलाई चाँडै पूर्णता दिने गठबन्धनको निर्णय

सरकारलाई चाँडै पूर्णता दिने गठबन्धनको निर्णय

रास्वपासँग संवाद जारी राख्ने



काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

“कांग्रेसले पठाइसक्यो । बाँकी रहेका मन्त्रालय चाँडै पूर्णता दिने कुरा भएको छ,” उनले भने ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले छलफल गरिरेहेको उनको भनाइ छ ।

उनका अनुसार आजको बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि छलफल भएको थियो ।