शरणार्थी प्रकरणमा ठगी गर्ने कोही नछुटुन् : गगन थापा

शरणार्थी प्रकरणमा ठगी गर्ने कोही नछुटुन् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।

यस प्रकरणमा जोडिएकाहरू धमाधम पक्राउ परिरहेका बेला थापाले सामाजिक सञ्जाजमार्फत यस्तो धारणा राखेका हुन् । उनले ‘यो घटना होइन प्रवृत्ति हो ।’ भनेका छन् ।

पूर्व गृहमन्त्रीहरु, गृह सचिव, अख्तियार प्रमुखलगायत प्रहरीको अनुसन्धानको दायरमा परे पछि थापाले ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै जानु गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका हुन् ।

‘अझै गहिरोसँग अनुसन्धान होस् ।कोही नछुटुन् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुन भन्दा माथि कोही हुँदैन’, उनले लेखेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुन भन्दा माथि कोही हुँदैन ।