एमाले अर्को गठबन्धन बनाउनतिर लागेको छैन : ओली

एमाले अर्को गठबन्धन बनाउनतिर लागेको छैन : ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को गठबन्धन बनाउने विषयमा कुनै छलफल नभएको बताएका छन् ।

मंगलबार सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले एमाले गठबन्धन बनाउनेतिर नलागेको प्रस्ट पारे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गठबन्धन बनाउने विषयमा छलफल भएकोबारे सञ्चारकर्मीको जिज्ञासमा उनले आफू अर्को गठबन्धन बनाउनेतिर नलागेको प्रस्ट्याए ।