टिकटकमा महिलाको चरित्रहत्या गर्ने एकजना पक्राउ

टिकटकमा महिलाको चरित्रहत्या गर्ने एकजना पक्राउ



काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले बुधबार टिकटकमा महिलाको चरित्रहत्या गर्ने विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलतासहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्‍याउने काम गरेको प्रहरीले जनाएको छ ।

सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको भन्दै तामाङलाई पक्राउ साइबर ब्युरोले जनाएको छ ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा बिहीबार पाँच दिनको म्याद थप भई उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।