जनकपुरधाम । नेपाललाई एसीसी प्रिमियर कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका तीन खेलाडीलाई मधेस सरकारले दुई–दुई लाख रुपैयाँ दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस गृह घर भएका राष्ट्रिय टोलीका खेलाडीहरूलाई दुई–दुई लाखको दरले प्रोत्साहनस्वरूप रकम दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री सञ्जय यादवले जानकारी दिए ।
उनका अनुसार गुल्सन झा, आरिफ शेख र आसिफ शेखलाई रकम दिन लागिएको हो ।
यसअघि गत चैत २ गते पनि सरकारले आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय प्रतियोगिता जित्दा यी तीनै खेलाडीलाई दुई–दुई लाख दिने घोषणा गरेको थियो ।
प्रतिक्रिया