कांग्रेस पदाधिकारी बैठक ४ बजे बस्ने

कांग्रेस पदाधिकारी बैठक ४ बजे बस्ने



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज शुक्रबार ४ बजे बस्ने भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।

बैठकमा नेविसंघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यी तीन भातृ संस्थामा हाल अध्यक्ष मात्रै छन् ।

नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनित भए पनि अरु पदाधिकारी र सदस्यहरू चयन भएका छैनन् ।