सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ । संसद्को बजेट अधिवेशनको पहिलो बैठकअघि परामर्श समितिको बैठक सिंहदरबारमा बसेको हो ।

बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन, सांसदहरूको ई– हाजिरीलगायत विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।