नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यले लिए शपथ

नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यले लिए शपथ



काठमाडौं । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका हुन् ।

आचार्यले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसै गरी यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको कार्यभार तोकिएको छ ।