ट्याक्सी व्यवसायीले गरे सडक अवरुद्ध

ट्याक्सी व्यवसायीले गरे सडक अवरुद्ध



काठमाडौं । ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन् ।

पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन् । व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन् ।

उनीहरुले माग पूरा नभए महानगर नै घेर्ने चेततावनी पनि दिएका छन् ।