जिम्मेवारीमा बसेकोले प्रतिरोध गर्न पाइन्, अब त अति भयो : गगन थापा

जिम्मेवारीमा बसेकोले प्रतिरोध गर्न पाइन्, अब त अति भयो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन् । ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्’ उनले लेखेका छन् । ‘धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

धेरै पटक प्रतिरोध गर्ने सोचेपनि जिम्मेवारी लिएर बसेकाले पनि सीमामा बसेको उनले बताए । यद्यपि उनले विषय भने उल्लेख गरेका छैनन् ।