सचिव पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

सचिव पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

पाण्डे वैशाख २० गते पक्राउ परेका थिए । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियाे ।

तत्कालीन गृहसचिव रहेका पाण्डे नेपालीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गिराेहमा संलग्न रहेकाे भन्दै प्रहरीले पक्राउ गरेकाे हाे ।

यसै सिलसिलामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि तत्कालीन मन्त्री टोपबहादुर रायामाझी भने हाल सम्पर्कविहीन छन् । त्यस्तै, तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको पनि नाम मुछिएको छ ।