जडीबुटी, ऊर्जा र पर्यटनमा लगानी गरौँ : सांसद तामाङ

जडीबुटी, ऊर्जा र पर्यटनमा लगानी गरौँ : सांसद तामाङ



काठमाडौं । सांसद छिरिङलामु तामाङले प्रतिनिधिसभामा सरकारलाई जडीबुटी, ऊर्जा र पर्यटनमा लगानी गर्न आग्रह गरेकी छिन् । विनियोजित विधेयक २०८०/८१ माथिको छलफलमा बोल्दै सांसद तामाङले नेपाल के बेचेर संवृद्ध हुने हो ? प्रस्ट हुन सरकारलाई आग्रह गरिन् ।

‘नेपालको बिजनेस प्लान के हो ? नेपाल के बेचेर संवृद्धि हासिल गर्ने हो ? यो कुरामा छलफल हुन जरुरी छ । विकसित देशहरूले आफ्नो व्यापारको पहिचान गरेर बिक्री वितरण गर्दा संवृद्ध भएका छन् । उनीहरूको अर्थतन्त्र दिगो र भरपर्दो छ । कुनै देशले प्रविधि बेचेका छन्, कुनै देशले कृषि उत्पादन बेचेका छन् भने केही देशले खनिज पदार्थ बेचेर संवृद्ध भएका छन् । तर नेपालले के बेच्ने हो ?’

सभामुखलाई उद्धृत गर्दै सांसद तामाङले भनिन्, ‘विश्वमा जडीबुटीका लागि प्रमुख मानिने नेपालले कर्णालीको जडीबुटीलाई निर्यातको प्रमुख साधन मान्नुपर्छ । प्रचुर सम्भावना भएको जलविद्युत (ऊर्जा) मा लगानी गरौँ, पर्यटनमा लगानी गरौँ । शिक्षा स्वास्थ्यमा लगानी गरौँ’ सांसद तामाङले भनिन् ।