बजेटको सिद्धान्त र प्राथमिकता कर्मकाण्डी दस्ताबेज : रवि लामिछाने

बजेटको सिद्धान्त र प्राथमिकता कर्मकाण्डी दस्ताबेज : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभाका सांसद रवि लामिछानेले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता उही पुरानो कर्मकाण्डी दस्ताबेज भएको तर्क गरेका छन् । विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै लामिछानेले यस्तो तर्क गरेका हुन् ।

लामिछानेले बजेटको सिद्धान्त र प्राथमिकता नयाँ सिराहाबाट नयाँ ढङ्गबाट आउन नसकेको बताए । आर्थिक स्थिति निकै कमजोर स्थितिमा पुगिसकेको अवस्थामा यसलाई माथि उठाउने गरी भन्दा पनि बजेटको सिद्धान्त र प्राथमिकता पुरानै बजेटको निरन्तरताको पुलिन्दा भएको समेत आरोप लगाए ।