संसद्‌मा अर्थमन्त्रीको खोजी भएपछि बैठक १५ मिनेटका लागि स्थगित

संसद्‌मा अर्थमन्त्रीको खोजी भएपछि बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री उपस्थित नभएपछि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले विरोध जनाएका छन् । बैठकमा विरोध हुन थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफल भइरहेकाे छ । छलफलमा अर्थमन्त्री उपस्थित नभएको भन्दै विरोध गरेपछि बैठक नै स्थगित भएको हो ।

छलफलकै बीचमा अर्थमन्त्री डा. महत बैठकबाट बाहिरिएका थिए । बैठकमा उपसभामुख इन्दीरा रानाले पटकपटक विभागीय मन्त्री आउँदै गरेको जानकारी गराएकी थिइन् । तर, अर्थमन्त्री नआएपछि सभामुख देवराज घिमिरेले प्राविधिक कारण देखाउँदै बैठक १५ मिनेटलाई रोकेका हुन् ।