‘अन्तिम संस्कार’को टिजर सार्वजनिक

‘अन्तिम संस्कार’को टिजर सार्वजनिक



काठमाडौं । नेपाली कथानक चलचित्र ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक भएको छ ।

असार ८ गते प्रदर्शनमा आउने ‘अन्तिम संस्कार’ सांस्कृतिक कथावस्तुमा निर्माण भएको चलचित्र हो । चलचित्रमा सामाजिक एवं ‘मर्डर मिस्ट्री’को कथा समावेश गरिएको छ ।

प्रदीप शाहीको निर्देशन रहेको चलचित्रको टिजरमा मुख्य कलाकारलाई देख्न सकिन्छ । चलचित्रमा विजय लामा, दीया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राईलगायत कलाकारको अभिनय छ ।