एमालेले सचिव टोपबहादुर रायमाझीलाई गर्‍यो निलम्बन

एमालेले सचिव टोपबहादुर रायमाझीलाई गर्‍यो निलम्बन



काठमाडौं । नेकपा एमालेले पूर्वमन्त्री तथा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम जोडिएपछि अहिले उनी फरार छन् ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो ।