प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता



काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्न शीर्ष दलका नेताहरु प्रधानमन्त्री कार्यालयमा बैठक बसेकाे छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेकाे बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

आजै मात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।

यस्तै बैठकमा संसदीय समिति गठन, आगामी बजेटलगायत समासामियक विषयमा कुराकानी भइरहेको बताइएकाे छ । तीन दलका शीर्ष नेताहरूबीच मंगलबार पनि भेटवार्ता भएकाे थियो ।