शीर्ष तीन नेताको बैठकस्थलमा गृहमन्त्री श्रेष्ठको प्रवेश

शीर्ष तीन नेताको बैठकस्थलमा गृहमन्त्री श्रेष्ठको प्रवेश



काठमाडौं । प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि प्रवेश भएको छ ।

सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट जारी रहेका बेला गृहमन्त्री बैठकस्थल पुगेका छन् ।

आजै मात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् ।

नेताहरुबीच समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । नेताहरुकाे याे छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ ।