सभापति देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाए छलफलमा

सभापति देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाए छलफलमा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकै दिन देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

देउवाले बुधबार साँझ ५ बजे धुम्बाराहीस्थित निवासमै नेताहरुलाई बोलाएका छन् । छलफलको विषय सार्वजनिक गरिएको छैन ।

यद्यपि केन्द्रीय सदस्य खाँण पक्राउ परेको विषयमा पनि छलफल हुन सक्ने अनुमान गरिएकाे छ ।