शीर्ष नेताबीचको बैठक संसद सञ्चालनमा केन्द्रित छ : प्रधानमन्त्री

शीर्ष नेताबीचको बैठक संसद सञ्चालनमा केन्द्रित छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलका शीर्ष नेताबीचकाे पछिल्ला भेटघाट संसद सन्चालन सन्दर्भमा केन्द्रित रहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवासँगको छलफलपछि सिंहदरवारबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले संसद संचालन, संयुक्त र विषयगत संसदीय समिति गठन लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीले भने- ‘मिडियाहरुमा आएजस्तो पछिल्ला प्रकरणमा यो छलफल भएको होइन । सदनलाई कसरी सुचारु ग्र्ने, समितिहरु गठन गर्ने विषयमा बढी छलफल भइरहेको छ । जहाँसम्म यो पछिल्लो घटनाबारे छ, दोषी कोही नउम्कियोस् र निर्दोष कोही नपरोस् भन्नेमा हामी एकमत छौं । प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ भन्ने कुरामात्र भएको छ ।