कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पूर्वगृह मन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । 

हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।