‘महाभारत’ मा आधारित फिल्म बनाउँदै निर्देशक राजामौली

‘महाभारत’ मा आधारित फिल्म बनाउँदै निर्देशक राजामौली



काठमाडौं । भारतीय निर्देशक एसएस राजामौली पछिल्लो समय फिल्म ‘आरआरआर’ लाई लिएर चर्चामा छन् । यो फिल्मको ‘नाटु नाटु’ गीतले मौलिक विधामा अस्कर अवार्डसमेत जितेको छ ।

दर्शकहरू उनको आगामी फिल्म कुन हुन्छ भनेर प्रतीक्षा गरिरहेका छन् । भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार उनी ‘महाभारत’ मा आधारित फिल्मको तयारीमा छन् ।

उनले एक अन्तर्वार्तामा महाभारतमा आधारित फिल्म बनाउने बताएका हुन् ।

‘म अहिले महाभारत बनाउन पूरै तयार छैन । ४-५ वटा फिल्म बनाएपछि मात्रै महाभारतको काम सुरू गर्छु । म महाभारत आफ्नो तरिकाले बनाउँछु । यो फिल्मको लागि एक वर्ष अनुसन्धान गर्छु, त्यसपछि फिल्म बनाउँछु । यो मेरो ड्रिम प्रोजेक्ट हो । म यसलाई १० भागमा बनाउने योजनामा छु,’ उनले भने ।

हाल राजामौली महेश बाबुलाई लिएर फिल्म ‘एसएसएमबी २९’ बनाउने तयारीमा छन् । यो फिल्म पौराणिक कथामा आधारित हुनेछ ।

अफ्रिकन जंगल एडभेन्चर यो फिल्मको स्क्रिप्ट तयार भइरहेको छ । यस वर्षको अन्तिममा फिल्म छायांकनमा जाने निर्माण टिमको तयारी छ । उक्त फिल्मको बजेट ५ सय करोड रहेको भारतीय मिडियामा उल्लेख छ ।

निर्देशक राजामौलीले महेशसँग पहिलो पटक काम गर्देछन् । एजेन्सी