इन्डियन ओसन कन्फरेन्समा भाग लिन मन्त्री साउद बंगलादेश जाने

इन्डियन ओसन कन्फरेन्समा भाग लिन मन्त्री साउद बंगलादेश जाने



काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद शुक्रबार बंगलादेश जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ढाकामा हुने इन्डियन ओसन कन्फरेन्समा भाग लिन उनी बंगलादेश जान लागेका हुन् ।

आउने शनिबार मन्त्री साउदले कन्फरेन्सलाई सम्बोधन गर्ने बताइएको छ ।

कन्फरेन्समा इन्डियन ओसन आसपासका २५ देशका प्रतिनिधिहरू सहभागी हुने छन् । भुटान, बहराइन, सिंगापुरबाट परराष्ट्र मन्त्री आउने छन् ।

ढाका रहँदा मन्त्री साउद बंगलादेशका उच्च सरकारी अधिकारीसँगै कन्फरेन्समा आएका विभिन्न देशका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने छन् । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।